सल्यान जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

Admin



सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुने एकै घरका बाबु छोरा रहेका छन् । दुबै बाबुछोरा सल्यान, रोल्पा लगायतबाट तरकारी ल्याएर दाङका बजारमा बेच्दै आएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ ग्वारखोला टोलका ५० बर्षीय गणेश बुढा वुवा हुन्, भने २५ बर्षीय भक्तबहादुर छोरा हुन् ।

दुबै बाबुछोरा लामो समयदेखि तरकारी ब्यबसाय गर्दै आएको वडाध्यक्ष माधव वलीले बताए ।‘उहाँहरु लामो समय छोराले गाडी चलाउने, वुवा संगै हिड्ने गर्नुहुन्थ्यो’,वडाध्यक्ष वलीले भने‘रोल्पा, सल्यानबाट तरकारी ल्याएर दाङका बजारमा बेच्ने गर्नुहुन्थ्यो ।’

दुबै जनाको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको पोष्टमार्टमकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।उनीहरु सोमबार रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउदै गरेका थिए । सोही क्रममा राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका(३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खस्दा जिप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भीक अनुसन्धानले पत्ता लगाएको छ ।

सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–२ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया