दाङको समग्र विकासका लागि पालिकासँगको भेटघाटमा तीब्रता

Admin


दाङ,२२ पुष  । दाङ देउखुरी  विकास सरोकार समितिले दाङको १० वाटै पालिका प्रमुख, उपप्रमुखसँगको भेटघाटलाई  तिव्रता दिएको छ । भेटघाट क्रममा  समग्र दाङको विकास बारे छलफल गर्दै उक्त पालिकाका हुनुपर्ने मुख्य विकासहरु पनि टिप्पणी गरेका पनि  छ । 

देउखुरी बेल्ट तथा बंगलाचुलीमा भेटघाट भई सकेको र अव केही दिनमा पश्चिम बेल्ट तुलसीपुर क्षेत्रमा भेटघाट गरिने दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष एवं  दाङ देउखुरी  विकास सरोकार समितिका संयोजक वसन्त जोशीले जानकारी दिनुभयो । 

जोशीको अनुसार प्रत्येक पालिकाबाट टिप्पणि गरि लिएको विकासका योजनाहरुको  एउटा किताब बनाउने र दाङ बाट प्रतिनिधित्व गर्ने प्रदेशका माननिय संग वृहत छलफल गरिने र उक्त वृहत छलफलबाट दाङलाई कसरी समृद्ध दाङ बनाउन सकिन्छ भन्ने योजनका साथ दाङबाट प्रतिनिधित्व संघका माननिय र संघिय मन्त्रालय जाने समेत बताउनुभयो । 

भेटघाटमा दाङमा छिटोभन्दा छिटो विमानस्थल निमार्ण गर्नु पर्ने,  लमही–घोराही– तुलसीपुर, घोराही-मुर्कुटी-प्युठान बाटो, घोराही-होलेरी सडक , तुलसीपुर-सुर्खेत जोड्ने मार्ग र कोईलावास नाका संचालन लागायतका योजनाहरु छिटो भन्दा छिटो निर्माण गर्नु पर्ने बताएका छन् जसमा जिल्लाको सम्रग विकासमा सबै  मिलेर लाग्नु पर्ने बताउदै संयोजक जोशीले दाङ देउखुरी  विकास सरोकार समितिले घच्घचाउने समेत बताउनुभयो ।

प्रतिक्रिया