दाङ , २२ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश भित्रका निजी अस्पतालकाे दर्ता नविकरणकाे काम छिटै सुरू हुने बताउनु भएकाे छ । भारत सरकारकाे भू.पू. सैनिक याेगदान स्वास्थ्य सेवा याेजना अन्तर्गत बुटवलकाे एडमण्ड सिटी अस्पतालमा भारतीय सैनिक तथा भुतपुर्व भारतीय सैनिक र उनका परिवारकाे निशुल्क उपचार सेवाकाे उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खनालले स्वास्थ्य सम्बन्धी ऐन बनेर नियमावली बन्ने प्रकृयामा रहेकाे भन्दै नविकरणकाे काम अब सुरू हुने बताउनु भयाे । मन्त्री खनालले नविकरण गर्नु अघि सम्बन्धित अस्पतालकाे अनुगमन गरिने र मापदण्ड अनुसार नभए नविकरण नगरिने बताउनु भयाे । अर्काे प्रसँगमा स्वास्थ्य मन्त्री खनालले पछिल्लाे समय सरकारी अस्पतालमा विरामि बढ्ने तर स्वास्थ्यकर्मी नपाईने समस्या देखिईकाे भन्दै मन्त्रालयले खाेलेकाे कतिपय विज्ञापनमा काेहिले पनि फाराम नभरेर समस्या देखिएकाे बताउनु भयाे । स्वास्थ्यकरमी नपाईने समस्या समाधानका लागि सँघिय सरकारले स्वास्थ्य शिक्षा सहज बनाउनु पर्नेमा जाेड दिनुभयाे । स्वास्थ्यमन्त्री खनालले भारतीय सैनिक र उनका परिवारकाे स्वास्थ्यका लागी भारतिय सरकारले गरेकाे कामका लागि धन्यवाद दिनुभयाे ।भारतीय सैनिक तथा भुतपुर्व भारतीय सैनिक र उनका परिवारकाे निशुल्क उपचार सेवाका लागि नेपालका लागि भारतीय दुतावास र बुटवल स्थित एडमण्ड सिटी अस्पताल बिच सम्झाैता भएपछि सेवाकाे उद्घाटन गरिएकाे हाे ।