समग्र दाङको विकासका लागि १० पालिका एक ठाँउमा

Admin


जिल्लाको दिर्घकालिन विकासका लागि रणनैतिक योजना बनाउन दाङका १० स्थानिय तहहरु एक ठाँउमा उभिएका छन् । घोराहीमा दाङ सोसाइटीले आयोजना गरेको जिल्लाको सर्वाङ्गीन विकासका लागि समन्वयात्मक बैठकमा जनप्रतिनिधीहरुले साझा एजेण्डा तय गरेर जानुपर्नेमा  जोड दिए । 

दाङ, लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी भएको जिल्लाको लागि नियमित हवाई सेवा, घोराही तुलसीपुर चारलेन सडक निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रभावकारी सञ्चालन र पयर्टन क्षेत्रको विकासका लागि सामुहिक पहल आवश्यक रहेको भन्दै दशवटै स्थानीय तहहरु एक भएर अगाडी बढ्ने बताए । 

स्थानिय तहहरुले लादिएको विकास गरिरहेको भन्दै वितरणमूखी योजना नभएर परिणममूखी योजनाहरुमा सहकार्यका साथ अगाढी बढ्न पनि उनिहरु सहमत भएका छन् । 

हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रबाट विकास निर्माणका कामहरु नियमित रुपमा गर्दै आएपनि जिल्लाको विकासका लागि दिर्घकालिन रुपमा असर पार्ने योजनाहरुमा सामुहिक पहल आवश्यक रहेको ठहर जनप्रतिनिधीहरुको छ । 

कार्यक्रमका सहभागिले भोलीका दिनमा स्थानिय तहहरुको मर्जको अवस्था पनि आउने भन्दै अहिलेदेखी नै आआफ्नो स्थानिय तह भन्दा पनि समग्र जिल्लाको बिकासका साझा मार्गदर्शनका साथ जानुको विकल्प नभएको बताएका छन् ।

प्रतिक्रिया