देउखुरी १६ फाल्गुण । लुम्बिनीप्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथल्याब सेवा सुरु भएको छ । अस्पतालको ११४ औ बार्षिक उत्सवको अबसर पारेर प्रादेशिक अस्पतालले यो सेवा सुरु गरेको हो । मुटुको परिक्षण गर्नेक्याथल्याव सेवाको लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्री राजुखनालले उदघाटन गर्नु भएको हो।
प्रदेशमातहतका अस्पतालहरुमा क्याथल्याव सुरु गर्ने लुम्बिनीप्रादेशिक अस्पताल पहिलो भएको अस्पतालले जनाएको छ । लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्रालय राजु खनालले क्याथल्याब सञ्चालनको लागिचालु आर्थिक वर्षमा २२ करोड रुपैंयाँबिनियोजन गरेको जानकारी दिनुभयो । क्याथल्याव सेवा सुरु भएसँगै लुम्बिनीप्रदेशको स्वास्थ्य क्षेत्रलेमहत्वपूर्ण फड्को मारेको मन्त्रीखनालको भनाई छ । “मुटु सम्बन्धी सानो समस्याहुँदापनिअन्यत्रजानु पर्ने बाध्यता अब हटेको छ । अब प्रदेशभित्रै यस्को उपचार हुन्छ ।” मन्त्रीखनालले भन्नुभयो “प्रादेशिक अस्पताललाई विशिष्टिकृत सेवाप्रदानगर्ने अस्पताल बनाउने कार्य अन्र्तगत यो सेवा सुरु गरिएको हो ।” उहाले लुम्बिनीप्रादेशिकअस्पताललाई प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पताल बनाउनको लागिकुनै कसर बाँकी नराखिकामगरिने बताउनु भयो ।स्वाथ्यमन्त्रालयका सचिव डा. जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमाएकिकृत विकास आवश्यक रहेको भन्दै आफुले मन्त्रालयबाट सेवा, सुविधाविस्तारको लागिपहलगर्दै आएको वताउनु भयो । उहाले अस्पतालमा मुटु रोग विशेषज्ञको दरबन्दीअनुसार चिकित्सकअभाबहुननदिने बताउनु भयो।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले शल्यक्रियाबिना नै मुटुका सामान्यअवरोधहरु हेर्ने, खोल्ने र मुटुको भल्भहरु साँघुरो भए घटाउने कामक्याथ ल्याबबाटै हुने वताउनु भयो। अब मुटु रोगको छिटो पहिचानगर्न सजिलो हुने र उपचारमाथप सहजहुने डा थापाले बताउनु भयो।
दैनिक झण्डै ३ हजार बिरामीले ओपीडी सेवालिने अस्पतालमा मुटुरोगीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवादिनक्याथल्याव सेवा जरुरी भएको अस्पतालका बरिष्ट मुटु रोग विशेषज्ञ रोशन घिमिरेले बताउनु भयो।लुम्बिनीप्रदेशको स्वास्थ्यमन्त्रालयले क्याथल्याब सञ्चालनको लागिचालु वर्ष २२ करोड रुपैंयाँबिनियोजन गरेको थियो । क्याथल्याबमा २ जनाचिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्परलगायत गरी ८ जनाको समूहबाट सेवाप्रदानहुने अस्पतालमा प्रशासनप्रमुख राजन केसीले बताउनु भयो ।