दाङ तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु

Admin

तुलसीपुर,असोज ६ । दाङ तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तीहरू आक्राेसित भएका छन् । तुलसीपुर  ५ बसपार्ककाे मासु मार्केट निवासी  ४५ वर्षीया सीता जैसी ढाडको दुखाइ भएपछि उपचारका  बिहान नौ बजेतिर तुलसीपुर – ९  बेलुवामा रहेको योगेश मेडिकलमा लगिएकाे थियाे ।  

त्यहाँ पुगेपछि सीतालाई स्वास्थ्यकर्मीले चेकजाँच गरे । नर्सले उनलाई सुई लगाइ दिए । सलाइनपनि चढाए । उपचार थालेको एक घन्टा पुग्दा नपुग्दै सीताको अवस्था झनै कमजोर बन्दै गएपछि  उनी अचेत भइन । लगतै  उनलाई राप्ती प्रादेशिक अस्पतालमा लैजान भनेर काजग तयार पार्न लागे ।

 सीताका ज्वाँइ उद्धव शाहका अनुसार राप्ती प्रादेशिक अस्पताल पु¥याउँदा मध्यान्ह १२ बजि सकेको थियो । अस्पतालले पनि सवा १२ बजे बिरामीका लागि टिकट काटिएको र १२ बजेर १९ मिनेटमा आपतकालिन कक्षमा ल्याइएको जानकारी दिएको छ

डिउटीमा रहेका अस्पतालका मेडिकल अधिकृत डा. जनक गुरुङले सीताको स्वास्थ्य चेकजाँच गरेका थिए । उनले तत्काल सीतालाई मृत घोषणा गरेका थिए ।

मृतका आफन्तले मेडिकल सञ्चालकले उपचारमा लापरबाही गरेका कारण बिरामीको मृत्यु दाबी गर्दै शब बुझ्न मानेका छैनन् । सोही कारण देखाउँदै दिउँसो मृतकका आफन्त मेडिकल घेरा गर्न गएका थिए । 

लापरबाही गर्ने मेडिकल संचालकलाई कारबाही हुनुपर्ने माग गर्दैै आफन्तले शब बुझ्न नमानिरहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रशाद पोखरेलले घटनाबारे अनुसन्धान जारी रहेको र सोधपुछका लागि मेडिकल सञ्चालकलाई निगरानीमा राखिएको जानकारी दिए ।

प्रतिक्रिया