एसिड खाएका बिरामीलाई नगरपालिकाद्वारा उद्दार

Admin


दाङ,२१ असोज । भुलबस एसिड खाएर गम्भीर बिरामी परेका चन्द्रागिरी नगरपालिका -१ थानकोट निवासी ५१ वर्षिय दीपकराज थापालाई लमही नगरपालिकाले थप उपचारका लागि राप्ती बिज्ञान प्रतिष्ठान घोराही रेफर गरेको छ ।

एसिड खाएर अस्पतालको बेडमा छटपटाई रहेको खबर पाए लगत्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी र वडा नम्बर ४ का वडा अध्यक्ष सुबाश न्यौपाने अस्पताल पुग्नु भएको थियो । उपप्रमुख योगी र वडा अध्यक्षको समन्वयमा उपचारका लागि थापालाई राप्ती बिज्ञान स्वास्थ्य प्रतिष्ठानमा पठाइएको हो । 

बाटोमा हिड्ने क्रममा बाटोको छेउमा एउटा बोतल भेटियो, उक्त बोतलमा एसिड होला भन्ने मलाई थाह भएन बिर्को खोलेर एक घुट्की खाएपछि बल्ल थाह भयो एसिड रैछ"- थापाले भने । पानी भनेर थापाले एसिड खाएका थिए, एसिड खाएर गम्भीर बनेका थापालाई इरिक्सा चालकले लमही अस्पताल पुर्याएका थिए । 

एसिड खाएका बिरामीको उपचार लमही अस्पतालमा संभव नभएपछि उनलाई थप उपचारका लागि घोराही पठाइएको लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिनु भयो । 

थापा कवाड संकलन गर्ने काम गर्दै आएका र उनी हिज शनिबार मात्र लमही आएका थिए, उनको घरपरिवारलाई खबर गरिसकेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रतिक्रिया