बलात्कारको आरोपमा युवा वैज्ञानिक मार्शल रोका पक्राउ

Admin

१८ जेठ । घोराही प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । घोराही १६ कपासेका युवा वैज्ञानिकका रूपमा परिचित मार्शल रोकालाई बलात्कार आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएकी थिइन् ।पक्राउ परेका रोकालाई दाङ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । रोका स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै युवा वैज्ञानिकका रूपमा  परिचित छन ।

प्रतिक्रिया