घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीका व्यवसायीहरुलाई सोमबार एक दिने कर तथा लेखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
व्यवसाय गर्दा कसरी शुरु गर्ने, के कस्ता क्षेत्रमा कर लाग्छ, व्यवसायीहरुले लेखा प्रणाली कसरी राख्ने जस्ता बिषयमा जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको हो ।
सो अवसरमा राष्ट्रिय राज्वश्व परामर्सदाता गोपालराज घिमिरेले कर र लेखा प्रणालीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले धेरैजसो व्यवसायीहरुले आफ्नो व्यवसाय शुरु गर्दा कर र लेखा प्रणालीबारेमा अनविज्ञ हुँदा समस्या आउने गरेकाले बुझेर व्यवसाय गर्दा सहज हुने बताउनुभयो । उहाँले व्यवसायीले राज्यलाई कर तिर्न कुनै समस्या नहुने भन्दै लेखा प्रणाली चुस्त राख्न सुझाव दिनुभयो ।
सचेतना कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले व्यवसायीहरुमा कर र लेखाका बारेमा जानकारी नहुँदा व्यवहारिक कठिनाई भोग्नुपरेको भन्दै सचेतना कार्यक्रमले त्यसलाई चिर्न सहयोग गर्ने बताउनुभयो । सचेतना कार्यक्रममा ६६ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
संघका अध्यक्ष जोशीको अध्यक्षता, राष्ट्रिय राज्वश्व परामर्सदाता गोपालराज घिमिरेको प्रशिक्षकमा भएको कार्यक्रमको सहजिकरण सचिव विकास वलीले गरेका थिए ।