घोराही, भदौ २९।घोराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
भदौ २८ गते साझ मादक पदार्थ सेवन गरेको छोराको निर्घात कुटपिट बाट घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भयो ।
घाइते बुबालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार पछि थप उपचारका लागि नेपालगन्ज लैजादै गर्दा गए रातीनै मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिनु भयो ।
कुटपिटमा संलग्न छोरो सन्तोष केसीलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
३० भदौ २०८०, शुक्रबार १०:५६ मा प्रकाशित
392