दाङ,१६ पुस । दाङको तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको यात्रु बहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नं.को बसको ठक्करबाट दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटना स्थलमै मृत्यु भएको छ ।
तुलसीपुर १७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा स्कुल अगाडी गाडीको बायाँ चक्का किचेको थियो । अहिले घोराही तुलसीपर सडक खण्ड अवरुद्ध भएको छ । विद्यार्थी अभिभावकहरु अहिले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् भने प्रहरीको भ्यानमा समेत क्षती पुर्याएका छन् ।
१७ पुस २०८०, सोमबार ०५:४१ मा प्रकाशित
206