तुलसीपुरको आश्रममा एक जना पुरुष मृत फेला

Admin


तुलसीपुर,६मंसिर । दाङको तुलसीपुरमा रहेको मानव सेवा आश्रममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ गाईडर स्थित मानव सेवा आश्रममा वतन नखुलेका ५३ वर्षिय अब्दुल नजिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक जनक मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार नजिर विगत एक वर्षदेखि सोही आश्रममा आश्रित थिए । नजिरलाई बुधबार बिहान कोठामा सुतिरहेको अवस्थामा आश्रमका संचालकले उठाउन जाँदा उनी मृत अवस्थामा भेटिएका थिए ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट घटनास्थल पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पछि शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखेको जनाएको छ । 


प्रतिक्रिया