घोराही,७असोज। उपमहानगरपालिका–१५स्थीत स्वर्गद्वारी एमएम रोडमा रहेको बागेश्वरी मिन ट्रेडर्स एण्ड सप्लायर्सको आयोजनामा भएको ‘बोस ब्राण्डका प्रोडक्ट लञ्चिङ कार्यक्रम’मा महानायिका मानन्धरले बोस ब्राण्डको सोलार,किचन चिम्नी र फ्लोरिङ पार्केटलगायतका सामाग्री सार्वजनिक गरेकी हुन ।
कार्यक्रममा बोल्ने बक्ताहरुले घर तथा भान्साका लागि आवश्यक पर्ने बोस ब्राण्डका सामाग्रीहरु प्रयोग गरेर व्यवसायलाई सफल बनाउन सवैले साथ दिनुपर्ने बताएका थिए । कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी,घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डुल्लुप्रसाद पोख्रेल, वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेय, जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण मल्ल, बिमल श्रेष्ठलगायतले बोलेका थिए ।
कार्यक्रममा बोस ब्राण्डका म्यानेजिङ डाइरेक्टर कृष्ण अधिकारीले सामाग्रीका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बागेरश्वरी मिन ट्रेडएसबाट नियमित रुपमा सामग्री खरिद ग्राहकमध्येबाट गोथाप्रथा गरेर तीन जनालाई उत्कृष्ट छनोट गरेर पुरस्कृत गरिएको थियो । उत्कृष्ठ जना ग्राहकलाई कार्यक्रमकी प्रमुख अतिथि महानायिका मानन्धरले पुरस्कार वितरण गरेकी थिइन । कार्यक्रमको सहजीकरण रोशन दाहालले गरेका थिए ।