दाङ, ८ भदौ । दाङमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाइते भएका छन् । गढवा गाँउपालिका १ धोद्रेमा ना ८ ख ८२५९ नम्बरको ट्रिपरले लु ३९ प ८३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार ऐरावती गाँउपालिका ५ का १९ वर्षका शुसिल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक डबल बमले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल चालक ऐरावती गाँउपालिका ५ का प्रचण्ड थापा क्षेत्री गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापाक्षेत्रीलाई लमहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ । मोटरसाइकललाई ठक्कर दिने टिप्पर र त्यसका चालक शिबराज नगरपालिका २ कपिलबस्तु हसानु थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको पनि प्रहरी जनाएको छ
९ भदौ २०८२, आईतबार ०२:०१ मा प्रकाशित
225