संघिता कार्यान्वयणका लागि प्रदेशले आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउनुपर्छ : विमलेन्द्र निधी

Admin

माघ,१६ । नेपाली काग्रेसका पूर्व उप सभापती विमलेन्द्र निधीले संघिता कार्यान्वयणका लागि  प्रदेशले आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउनपर्ने बताउनु भएको छ । उहाँले यस्का लागि प्रहरी प्रदेश मातहतमा आउन अनिवार्य भएको बताउनु भएको छ । नेपाली काग्रेसले सुरू गरेको समुदायमा काग्रेस अभियानको भैरहवामा उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका काग्रेस नेता निधीले नागरिकलाई अधिकार  दिने विषय संघियतासँग जोडिएको बताउनु भयो । कर्मचारि र प्रहरी प्रदेश मातहतमा नआउदा सम्म संघियता पूर्णरुपमा कार्यान्वयन पनि नहुने बताउनु भयो  । अहिले पुस्तान्तरणको मात्रै कुरा उठ्ने गरेको चर्र्चा गर्दै निधीले अब रूपान्तरणको अभियान थालिनु पर्ने बताउनु भयो।

नेपाली काग्रेस लुम्बिनीका उप सभापति एवं लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले पार्टी र मुलुक प्रतिको नागरिकको दृष्टिकोण बुझ्ने अभियान समुदायमा कांग्रेस अभियान भएको बताउनुभयो ।यो अभियानको उद्देश्य नागरिकलाई कांग्रेससँग जोड्ने पनि भएको भन्दै खनालले आमनागरिकलाई काग्रेससँग जोड्ने अभियानमा एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो । मुलुक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भए पनि अहिले आम नागरिक कांग्रेसप्रती ढुक्क हुन नसकेको चर्चा गर्दै नेपाली कांग्रेस प्रदेश उपसभापती खनालले यस्का लागि नागरिकका अपेक्षा कांग्रेसले पूरा गर्नुपर्ने र त्यसका लागि कांग्रेस एक ढिक्का हुन जरूरी रहेको बताउनु भयो।


प्रतिक्रिया